लम्बिने भयो एमाले महाधिवेशन, यस्तो छ कार्यतालिका

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन लम्बिने भएको छ। शनिबारदेखि २९ गतेसम्म तय भएको महाधिवेशन लम्बिने भएको हो।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १ गते दिउँसो ११ बजेबाट मतदानको समय निर्धारण गरिएको छ।

निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै समय लम्बिएको जानकारी गराएका हुन्।

भोलि (सोमबार) बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ। मंगलबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ।

सोही दिन ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध, साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन, १० बजे दाबी विरोध उपर छानबिन हुनेछ। सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिकामा छ।

मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्नका लागि समय छुट्याइएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। पुस १ गते ११ देखि ५ बजेसम्म मतदानको कार्यतालिका छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।