संखुवासभाको चैनपुरमा आगो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका –४ मैदानेमा आगो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ।
चैनपुर–४ मैदानेमा आगो निभाउने क्रममा जलेर ८८ वर्षीय वृद्ध दिलबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।
आइतबार बिहान साढे १० बजे चैनपुर–४ मैदाने श्याम चौकमा ग्यास लिक भएर श्याम लिम्बुको घरमा आगलागी भएको भएको थियो।
आगो निभाउने क्रममा आगो बढ्दै गएपछि जलेर श्यामका बुवा ८८ वर्षीय वृद्ध दिलबहादुर पनि पुगेका थिए।वृद्धको शव प्राथमिक स्वास्थ्यचौकी चैनपुरमा पोष्टमार्टम प्रश्चात् परिवारको जिम्मा लगाएको छ।-बेतना दैनिकबाट


