गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौ । गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

ओमप्रकाश राईले संगीतबद्ध गरेको गीतलाई गायिका पेमा शेर्पा राईको सुमधुर स्वरले जीवन्त बनाएको छ।

गीतलाई सन्तोष प्रगाढ राईले एरेन्ज गरेका छन्। गीतको इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन्।
गीतले एकतर्फी प्रेम पीडादायी र चोखो प्रेम आत्मीय हुने भाव प्रस्तुत गरेको छ।

यसअघि २०७५ मा गीतकार राईको ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलेको गीतलाई अभिनय क्षेत्रमा पनि चिनिएकी शिला खनालले गाएकी थिइन्। त्यस्तै उनको ‘सञ्चो छौ कि विसञ्चो’ बोलको गीतलाई २०७९ मा मनमा बि राई र २०८१ मा नवराज पराजुलीले गाएका थिए।

दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका राई पत्रकारिता र साहित्यमा सक्रिय छन्। उनी साहित्यका विविध विधामा कलम चलाउँछन्। ‘पोलेको मकै’ (२०७८) र ‘टोली नेता’ (२०७४) उनका प्रकाशित दुई बालकथासंग्रह हुन्।

गीतकार राई ‘लघुकथा सौन्दर्य’ मार्फत लघुकथाको उन्नयनमा लागेका छन्। ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) सामुहिक लघुकथासंग्रहमा उनका केही लघुकथा संगृहीत छन्।

राईको संयोजन तथा विमल भौकाजीको सम्पादनमा तयार भएको सामुहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ।

रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष समेत हुन्।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।