एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन लम्बिएको छ। निर्धारित समयअनुसार निर्वाचन कार्यतालिका नभएपछि महाधिवेशन लम्बिने भएको हो। यसअघि २७ मंसिरमा उद्घाटनसहित २९ मंसिरमा महाधिवेशन सम्पन्न गर्ने तालिका सार्वजनिक भएको थियो।

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी कार्यतालिकाअनुसार मंगलबार मतदान गर्ने कार्यक्रम रहेको छ। यस्तै आइतबार मतदाता नामावली प्रकाशन भए पनि अन्य बाँकी महत्वपूर्ण कार्य सोमबार हुने निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जनाएका छन्।

निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार (भोलि) बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ।

आज बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध, सुधारको समय तोकिएको छ। १० बजेसम्म कुनै पनि पदमा दाबी गरेको नाममा आएका विरोधमाथि छानबिन गरी निर्णय गर्ने समय तोकिएको छ।

आज नै मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानबिन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फाराम वितरण, उम्मेदवारको दरखास्त फाराम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय, उम्मेदवारको नाम फिर्ता गर्ने कार्यतालिका रहेको छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज बेलुका ६ बजे हुने निर्वाचन कार्यतालिका रहेको आयोगका अध्यक्ष डा. सुब्बाले जनाएका छन्। मंगलबार (भोलि) मतदान भएपछि मतगणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रम तालिकामा समावेश गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।