यस्तो बन्यो ईश्वर पोखरेलको टीम: अधिकांश नयाँ नेताले पाए मौका
काठमाडौ । ईश्वर पोखरेल समूहको पनि महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिने भएका छन् । हालका सचिव गोकर्ण विष्ट उपाध्यक्ष, सचिव योगेश भट्टराई उपमहासचिवको उम्मेदवार बन्नेछन् ।
उपाध्यक्षमा कृष्णगोपाल श्रेष्ठ, विन्दा पाण्डे, परशुमेघी गुरुङ लगायतका नेताहरूको नाम फाइनल जस्तै भएको छ ।
ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल, अरुण नेपाल, पुरुषोत्तम पौडेल लगायतका नाममा छलफल भइरहेको छ । पोखरेल पक्षमा अधिकांश नयाँ नेताहरू पदाधिकारी उमेदवार बन्ने देखिन्छ ।


