सुनसरीको बराहक्षेत्रबाट १ सय ३१ केजी गाँजा सहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–०३ अन्तर्गत नडाहा–धरान जंगल क्षेत्रमा संयुक्त चेकिङका क्रममा १३१ केजी ८०० ग्राम लागू औषध गाँजा बरामद गरेको छ।

२०८२ साल मंसिर २९ गते राति करिब १२:१० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी जवान प्रकाश राईको कमाण्डमा २ जना र शसस्त्र प्रहरी बेस क्याम्प चतराबाट सशस्त्र प्रहरी कमल कार्कीको कमाण्डमा २ जना खटिएको संयुक्त टोलीले धरानबाट नडाहातर्फ आउँदै गरेको बा १८ च ३८३४ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा उक्त कारको पछाडिको सिट र डिक्कीमा कालो प्लास्टिकले बेरिएका ५ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा प्लास्टिक सहित १३१ केजी ८०० ग्राम र प्लास्टिक बाहेक १३० केजी रहेको छ। सोही क्रममा कार चालक इटहरी उपमहानगरपालिका–१७, पकली निवासी २४ वर्षीय करण साह र कारमा सवार विराटनगर उपमहानगरपालिका–०५ निवासी २१ वर्षीय सचिन मेहतालाई कार तथा लागू औषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ।
यस महिना मात्रै सुनसरीको बराहक्षेत्र नगरपालिका अन्तर्गतका स्थानहरुबाट प्रहरीले एक भारतीय सहित २ मोटरसाइकल १ कार सहित ठूलो मात्रामा गाँजा बरामद गर्दै ६ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको छ।

जस अन्तर्गत मिति २०८२ मंसिर २१ गते, बराहक्षेत्र नगरपालिका–११ स्थित मनाही टोलमा प्रचौ मधुवनबाट खटिएको प्रहरी टोलीले १९ केजी गाँजा, २ जना व्यक्ति र १ थान मोटरसाइकल सहित नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ।

त्यस्तै, मिति २०८२ मंसिर ५ गते राति करिब १२:३० बजे, बराहक्षेत्र नगरपालिका–०३ स्थित नडाहा चौकमा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित १ जना व्यक्ति र ४० केजी गाँजा पक्राउ परेका थिए। उक्त घटनाका सम्बन्धमा समेत आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

एकै महिनामा भएका यी तीनवटै घटनाबाट बराहक्षेत्र क्षेत्र लागू औषध ओसारपसारको संवेदनशील मार्ग बन्दै गएको संकेत देखिएको भन्दै प्रहरीले निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ। लागू औषध विरुद्धको अभियानलाई निरन्तरता दिँदै दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।