सुनसरीबाट लागूऔषध सहित ३ जना पक्राउ

सुनसरी, मंसिर २९ गते । सुनसरी जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट मंसिर २९ गते लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहा स्थितबाट बा.१८ च ३८३४ नम्बरको कारको पछाडीको सिट र डिक्कीमा कालो प्लाष्टिक भित्र ५ वटा पोकामा लुकाईछिपाई राखेको १ सय ३० किलोग्राम लागू औषध गाँजा बरामद गरेसगै कार चालक ईटहरी-१७ पकलीका २४ बर्षीय करण साह र कारमा सवार मोरङको विराटनगर- ५ का २१ बर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै अस्थायी प्रहरी बिट जोरसखुवाले धरान-१६ बाट सोहि स्थानका २९ बर्षीय बिष्णु सुब्बालाई प्रतिबन्धित लागूऔषध ट्रामाडोल ५ सय २५ क्याप्सुल र डिक्लोमाईन ५ सय २५ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।