कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण

झापा, मंसिर २९ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले मंसिर २९ गते जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ ।

निरीक्षण प्रश्चात जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु सहित सिमावर्ति इलाकामा खटिएका प्रहरी अधिकृतहरु समेतलाई प्रदेश प्रहरी प्रमुख घिमिरेले आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वँहाले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई त्रुटी रहित तवरले कार्य गर्न साथै कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।

आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले मनोबल उच्च राखी नागरिक र देशको हितमा सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ ।

निर्देशनकै क्रममा वहाँले आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ मुद्दाको सफल अनुसन्धान गर्न र खुल्ला सिमा नाका भएको झापा जिल्लामा हुन सक्ने सिमावर्ती अपराध, चोरी तस्करी, भन्सार छली, लागु औषध ओसार पसार नियन्त्रण गर्न कुनै पनी प्रकारको आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्दशन दिनु भएको छ ।

सोही क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेले विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको समेत निरीक्षण गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले प्रदेश प्रहरी प्रमुख घिमिरेलाई झापा जिल्लाको समग्र शान्ती सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो ।

निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।