सुहाङ नेम्वाङ ओली प्यानलमा नपरेपछि स्वतन्त्र रुपमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारीमा

काठमाडौ । सुवास नेम्वाङको असमय निधनपछि राजनीतिमा प्रवेश गरेका सुहाङ नेम्वाङ २०८१ सालमा इलाम–२ मा भएको उपचुनावमा एमालेको उम्मेदवार बनेर जितेका थिए।

संसद्‍मा प्रवेश गरेपछि पनि उनले आफ्नो लोकप्रियता कायम राख्दै सबैका प्रिय मृदुभाषी नेता बनेका छन्।

हाल ३७ वर्षका युवा नेता सुहाङले छोटो समयमै एमालेभित्रै युवामाझ आफ्नो छवि बनाइसकेका छन्। तर, ११ औँ महाधिवेशनका लागि पार्टीको संस्थापन पक्षको प्यानलमा उनी समावेश हुन सकेनन्।

गत भदौ २३ र २४ मा जेनजी विद्रोहपछि युवा प्रतिनिधित्व बढाउन विधान संशोधन गरिएको थियो र युवाका लागि ५ प्रतिशत छुट्याइएको भए पनि सुहाङ संस्थापन पक्षको प्यानलमा समावेश भएनन्। यसरी ओली प्यानलमा नपरेका उनी अब स्वतन्त्ररूपमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारीमा छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।