इटहरीमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्ति मृत्यु फेला

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु भएको छ। केही दिनदेखि घरको ढोका नखुलेको देखेपछि स्थानीय छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए।

खबर प्राप्त हुनासाथ हलगडाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि स्थानीय जनप्रतिनिधि, इलाका प्रहरी कार्यालयबाट खटिएको थप प्रहरी टोली तथा मृतककी श्रीमतीको उपस्थितिपछि ढोका फोडेर घरभित्र प्रवेश गरिएको थियो।

ढोका खोलेर हेर्दा मृतकको आधा शरीर शौचालय (टोइलेट) भित्र र आधा बाहिर घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव अर्धनग्न अवस्थामा रहेको र केही दिन पुरानो भएकाले फुलेको अवस्थामा भेटिएको बताइएको छ।

मृतक राजेश बिष्ट रहेको र उनको उमेर अन्दाजी ४० देखि ४५ वर्षको बीचमा रहेको स्थानीयले जानकारी दिएका छन्। मृतककी एक छोरी रहेको पनि जनाइएको छ। मृतक र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेदको अवस्था रहेकाले उनीहरू केही समयदेखि अलग अलग बस्दै आएको स्थानीयको भनाइ छ।

घटनास्थलको अवस्था हेर्दा नुहाउने क्रममा उच्च रक्तचापका कारण लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका रहेको छ। यद्यपि घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र पुष्टि हुने इलाका प्रहरी कार्यालयले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖