एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान हुदै
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान आज हुदै छ ।
मंगलबार दिनभर मतदानको प्रतिक्षामा बसेका प्रतिनिधिहरु राती ८ बजेपछि मतदान स्थगित भएपछि फर्किएका थिए । एमालेका प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसिरहेको बेला मतदान स्थगित गरिएको थियो ।
विद्युतीय मतदान मेशीनमा समस्या देखिएपछि मतदान आज बिहान ८ बजेदेखि हुने भएको हो ।
आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।


