जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट फरार थुनुवा पक्राउ
झापा । जिल्ला झापा अर्जुनधारा नगरपालिका–७ कमलडाँगी घर भई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका लागुऔषध मुद्दाका थुनुवा २० वर्षीय बुद्धि प्रसाद चम्लागाईं फरार भएपछि पुनः नियन्त्रणमा लिइएका छन्।
गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा हिरासतबाट फरार भएका चम्लागाईंलाई मिति २०८२।०९।०१ गते अपराह्न १७:४० बजे प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा घर वतनबाट नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका चम्लागाईंलाई थप अनुसन्धानका लागि इप्रका अनारमनीमा ल्याइएको छ। घटनासम्बन्धी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।


