बेलबारीमा श्रीमान-श्रीमतीको २२ दिनको अन्तरमा मृत्यु
बेलबारी । मोरङ्को बेलबारी ११ लक्ष्मीमार्गमा एउटा अनौठो संयोग जुरेको छ ।
श्रीमतीको मृत्यु भएको २२ दिनमा श्रीमानको समेत मृत्यु भएको छ । गत मङसिर २५ गते श्रीमती लिलादेबी थापाको निधन भएको थियो ।
मंगलबार अचानक श्रीमान बलबहादुर थापाको समेत कालगतिले निधन भएको छ ।
यो संयोगलाई अनौठो रुपमा लिईएको छ । उनिहरु भलिबल खेलाडी मुकेश थापाका आमाबुबा हुन ।


