झापाको बिर्तामोडबाट लागुऔषध सहित एक जना पक्राउ
झापा । झापाको बिर्तामोड नगरपालिका–१, सूर्यनगर टोलस्थित काली मन्दिर नजिकबाट लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्।
२२ गते दिउँसो करिब १ः३० बजे लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी निरीक्षक प्रबिण श्रेष्ठको टोली र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा बिर्तामोड–१ निवासी ४० वर्षीय अजय राजवँशीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको छ ।


