मोरङको केराबारीबाट फरार प्रतिवादी पक्राउ

मोरंग । मोरङको केराबारीबाट प्रहरीले बुधबार १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।केराबारी गाउँपालिका–७ घर भएका ३५ वर्षीय सुजन रानामगर पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले दिउँसो २ः३० बजेतिर रानामगरलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी लागुऔषध मुद्दाका फरार प्रतिवादी हुन् । जिल्ला अदालत मोरङले लागुऔषध मुद्दामा २०७५ साल असोज १७ गते रानामगरलाई १ वर्ष ९ महिना १७ दिन कैद र १ लाख रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो ।

अदालतको कैद र जरिबानाको फैसला गरेको भए पनि उनी सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार थिए । प्रहरीको खोजी सूचीमा रहेका रानामगर अदालतले दोषी ठहर गरेको ७ वर्षपछि पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएको छ । प्रहरीले पेस गरेपछि अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।