लेटाङमा मोटरसाइकल दुर्घटना हुंदा चालक गुरुङको मृत्यु

मोरङ । गए राति करिब ९ बजे मोरङ जिल्लाको लेटाङ नगरपालिका–९ अन्तर्गत जाँते–पथरी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जाँतेबाट पथरीतर्फ जाँदै गरेको मे ६ प २५९४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेपछि घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी जाँते र इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा घाइते मोटरसाइकल चालक मोरङ, पथरी शनिश्चरे नगरपालिका–१० नमुना टोल निवासी करिब ३०/३२ वर्षीय विजय गुरुङ र पछाडि सवार सोही स्थान निवासी करिब २६/२७ वर्षीय अरुण गुरुङलाई उपचारका लागि लेटाङ नगर अस्पताल, लेटाङमा ल्याइएको थियो। त्यहाँ सामान्य उपचार पश्चात थप उपचारका लागि दुवैलाई न्युरो अस्पताल, विराटनगर पठाइएको छ ।

प्रहरीका अनुसार उपचारकै क्रममा चालक विजय गुरुङको मृत्यु भएको छ। पछाडि सवार अरुण गुरुङको अवस्था सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।