मोरङको पथरीशनिश्चरेबाट लागूऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरेबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित ३ जना युवा शुक्रबार दिउँसो पक्राउ परेका छन् ।

पथरीशनिश्चरे नगरपालिका–४ सम्झना चोकका २३ वर्षीय ज्ञानदीप राई, पथरीशनिश्चरे–६ का २४ वर्षीय मिथुन मण्डल र पथरीशनिश्चरे–७ का २२ वर्षीय प्रज्वल राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ज्ञानदीपको घरमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले दिउँसो १ बजेतिर घरमा छापा हानेर ज्ञानदीपको कोठाबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ ।

उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।