झापाको धुलाबारीमा निर्माणाधीन ईस्टर्न होटलको चौंथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित निर्माणाधीन होटलमा काम गर्ने क्रममा एक जना कामदारको लडेर मृत्यु भएको छ।

प्रहरीका अनुसार आज साँझ करिब ६ः३० बजे न्यु इन्फ्रा हेवन कम्पनी लिमिटेडद्वारा निर्माण भइरहेको ईस्टर्न होटलको चौथो तलामा फलामको पाइप सार्ने क्रममा कामदार नरेश कुमार मण्डल अचानक तल खस्दा गम्भीर घाइते भएका थिए।

सप्तरी जिल्ला खडक नगरपालिका–१ सिसुवाबेल्ही स्थायी घर भई हाल काम गर्दै आएका अन्दाजी २१ वर्षीय मण्डललाई गम्भीर अवस्थामा मेची आम्दा अस्पताल, धुलाबारी लगिएको थियो। उपचारकै क्रममा साँझ ७ः०० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुल राज गौतमको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ।

मृतकको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।-स्रोत:खबरखेती

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।