झापाको दमकमा करेन्ट सर्ट भएर आगलागी हुंदा फ्याक्ट्री र तीनतले घर जलेर नष्ट

झापा ।झापाको दमकमा करेन्ट सर्टबाट आगलागी, फ्याक्ट्री र तीनतले घर जलेर नष्ट भएको छ ।

जिल्लाको दमक नगरपालिका–९ मा रहेको एक फ्याक्ट्रीमा करेन्ट सर्टका कारण आगलागी हुँदा फ्याक्ट्रीसहित तीनतले पक्की घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आज बिहान करिब ९ः४५ बजे दमक–९ निवासी पदम भण्डारीले सञ्चालन गर्दै आएको टिनको छानो तथा पक्की वाल रहेको स्वस्तिक थुप्पा फ्याक्ट्रीमा अचानक करेन्ट सर्ट भई आगलागी भएको हो। आगो फैलिँदै जाँदा फ्याक्ट्री पूर्ण रूपमा जलेको साथै सोही फ्याक्ट्रीसँगै जोडिएको भण्डारीकै तीनतले पक्की घर पनि आगलागीको चपेटामा परेको प्रहरीले जनाएको छ।

आगलागीबाट घरभित्र रहेका सम्पूर्ण सरसामान तथा फ्याक्ट्रीका सामग्री जलेर नष्ट भएका छन्। घटनाको जानकारी पाउनासाथ दमक नगरपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका दमकलहरू, स्थानीय बासिन्दा तथा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।

करिब दुई घण्टा लामो प्रयासपछि बिहान ११ः२५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीमा कुनै मानवीय वा चौपाया क्षति नभएको बताइएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट फ्याक्ट्री र घर पूर्ण रूपमा नष्ट हुँदा करिब एक करोड तीस लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।