सुनसरीको वराहक्षेत्रमा हात्तीको आक्रमणबाट ७३ वर्षीया महिला घाइते

सुनसरी।वराहक्षेत्र नगरपालिका वडा नं. ३ स्थित नहडा क्षेत्रमा जंगली हात्तीको आक्रमणमा ७३ वर्षीया मैया विश्वकर्मा गम्भीर घाइते भएकी छन्।

स्थानीयका अनुसार शुक्रबार दिउँसो करिब १२:३० बजे नहडा चोकदेखि चतरा जाने सडक खण्ड नजिकै रहेको जंगलमा दाउरा काट्ने क्रममा अचानक हात्तीको आक्रमणमा परेकी हुन्।

हात्तीले आक्रमण गर्दा उनको खुट्टा र पाखुरामा गम्भीर चोट लागेको छ।यसैगरी सोही हात्तीले केही समयपछि बराहक्षेत्र नगरपालिका वडा नं. ३ देबीथान क्षेत्रमा बसोबास गर्ने आमा–छोरीमाथि पनि आक्रमण गरेको स्थानीयले बताएका छन्।

आक्रमणमा ३० वर्षीया पूजन विकलाई टाउकोमा गम्भीर चोट लागेको छ भने उनकी १३ वर्षीया छोरी रोजिना विक सामान्य घाइते भएकी छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।