दुई पल्सर बाइक आपसमा ठोक्किंदा बाइक चालक दुबैजना गम्भीर घाइते
चितवन । भरतपुर १० मालपोत चोकमा दुइवटा पल्सर बाइक ठोक्किदा बाइक चालक दुबैजना गम्भीर घाइते भएका छन् ।
आपटारी तिरबाट आउदै गरेको ना ५४ प ४८४७नम्बरको टि द्वान्टी पल्सर बाइक र अस्पताल रोडबाट वाइपासरोड क्रस गर्ने क्रममा मालपोत चोकमा मधेश प्रदेश ०३-०२८ प ४१५४ नम्बरको NS 125 पल्सर बाइक एक-आपसमा ठोकिदा दुईटै बाइकका दुबै जना चालक गम्भीर घाइते भएका हुन् ।


