झापा र सुनसरीबाट लागु औषध ब्राउन सुगर सहित १२ जना पक्राउ

विराटनगर, पुस २८ । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस २७ गते इलाका प्रहरी कार्यालय गौरीगंज झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगंज गाउँपालिका-२ का मानफ कुमार मेहतालाई ७ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय बुधबारेले मेचीनगर-७ का बिमल मेचे, मेचीनगर-११ का प्रबिन राई, बासु राजबंशी, सुरेश खड्का, मेचीनगर-८ का कविस मेचे, बुद्धशान्ती-४ का कुमार गुरुङ, राजेन्द्र कुमार थापा, बुद्धशान्ती-३ का सन्दिप सराईली र बुद्धशान्ती-१० का घनश्याम माझीलाई ४ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर र नगद ३७ हजार ५ सयँ रुपैया सहित नियन्त्रणमा लिएको छ ।

सोही दिन वडा प्रहरी कार्यालय धरानले धरान-११ का विकाश कार्की र धरान-१२ का अगृश तुलाधरलाई २२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।