लेटाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लेटाङ, २८ पुस। लेटाङ नगरपालिकामा पछिल्लो समय बढ्दै गइरहेका आत्महत्याका घटनाहरूको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले ईलाका प्रहरी कार्यालय लेटाङको आयोजनामा आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला मोरङ अन्तर्गत लेटाङ नगरपालिका वडा नं. ४ मा अवस्थित शान्ति भगवती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आत्महत्यासम्बन्धी सही जानकारी, मानसिक स्वास्थ्यको महत्व, जोखिमका चेतावनी संकेतहरूको समयमै पहिचान तथा समस्या परे सहयोग खोज्ने व्यवहारलाई प्रोत्साहन गर्ने विषयमा जानकारी गराइएको थियो।

कार्यक्रममा बोल्दै लेटाङ प्रहरी प्रमुख सागर साहले आत्महत्यालाई सामाजिक, मानसिक र भावनात्मक पक्षसँग जोडिएको गम्भीर विषयका रूपमा उल्लेख गर्दै विद्यार्थीहरूलाई समस्या परे एक्लै नबस्न, परिवार, शिक्षक वा प्रहरीसँग खुलेर कुरा गर्न आग्रह गर्नुभयो। यस्ता सचेतनामूलक कार्यक्रमले विद्यालय र समुदायमा सुरक्षित वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरूले आत्महत्याका घटनाहरू न्यूनीकरण गर्न दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने अपेक्षा सम्बन्धित निकायले लिएको छ।-लेटांग खबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।