ओखलढुंगाकी २४ वर्षीया भावना : एकै वर्षमा दुईवटा लोकसेवा परीक्षा उत्तीर्ण
ओखलढुंगा । ओखलढुंगाकी २४ वर्षीया भावना अधिकारीले उत्कृष्ट उपलब्धि हासिल गर्दै एकै वर्षमा दुईवटा लोकसेवा परीक्षा उत्तीर्ण गरेकी छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत BALLB कार्यक्रममा टपर बन्दै उनले गोल्ड मेडल समेत हात पारेकी भावना पहिलो प्रयासमै लोकसेवा परीक्षा पास गर्न सफल भएकी हुन्।
हाल उनी नेपाल पशु सेवा विभागमा कानुनी अधिकृतको रूपमा कार्यरत छिन्। उनका यो सफलता र मेहनतले देशभरिका युवती–युवाहरूका लागि प्रेरणा बनेको छ।


