भोजपुरको षडानन्दद्वारा नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालन, विभिन्न क्षेत्रका ७ जना सम्मानित

भोजपुर, १ माघ । भोजपुरको षडानन्द नगरपालिकाले नेपालमै पहिलो पटक विहीबार बीउ बैंक सञ्चालनमा ल्याएको छ ।

शुन्यबाट शुरू गरेर नगरपालिकाले बीउ बैंक स्थापना गरेको हो । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमुल प्रदर्शनी कार्यक्रमको अवसरमा बैंकको नगरप्रमुख सुरेन्द्रकुमार उदास र उपप्रमुख प्रमिला राईले शुभारम्भ गर्नुभएको हो ।

एक वर्ष अघि षडानन्द नगरपालिकाले आयोजना गरेको कृषि बीउ प्रदर्शनीबाट बीउ बैंक स्थापनाको अवधारणा शुरू भएको नगरप्रमुख सुन्दासले बताउनुभयो । उहाँले पराम्परागत कृषि प्रणाली, कृषकको ज्ञान र स्थानीय श्रोत साधनप्रतिको सम्मानको प्रतिविम्ब रहेको बताउनुभयो ।
नगरपालिकाले बीउ बैंक स्थापनाका लागि कार्यविधि तयार गरि राजपत्रमा प्रकाशित गरेको थियो ।

रैथाने जातको बीउ संरक्षण आवश्यक रहेको उहाले बताउनुभयो । रैथाने जात लोप हुँदै गएकाले बीउ संरक्षणका लागि नगरपालिकाले अग्रसरता लिएको बताउनुभयो । उहाँले कृषकलाई व्यावसायीकरण गर्न बीउ बैंकले सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । नगरले सुन्तला, अलैंची लगायतका बालिको उत्पादन बढाउन प्रबद्र्धन गरिरहेको बताउनुभयो ।किसानबाट बीउ खरिद गरेर अवस्यक पर्नेलाई वितरण गरिने प्रमुख उदासले बताउनुभयो।
षडानन्दमा बीउ बैक स्थापनाको परिकल्पनाकार कृषि विज्ञ सामुदायिक बीउ बैंका सल्लाहकार पीताम्बर श्रेष्ठले षडानन्द बीउ बैंकमा अहिले २७ बालिका ११५ जात रैथाने लोपन्मुख बीउहरू रहेको जानकारी दिनुभयो ।

उहाँले बीउहरू नगरको रातो कितावमा विस्तृत विवरण सहित अभिलेखिकरण राखिने बताउनुभयो उहाँका अनुशार बीउ वैकमा स्थानीय कृषकले माग गर्ने र कृषि शाखाले उपलब्ध गराउने छ ।

षडानन्द नगरपालिकाले पहिलो पटक नेपालमै कार्यविधि तयार गरि बीउ बैक स्थापना गरेको बताउनुभयो । षडानन्दपछि अहिले देशका विभिन्न स्थानीय तहहरूले बीउ बैकको कार्यविधि तयारी शुरू गरेको श्रेष्ठले बताउनुभयो ।

बीउ विना जीवन नचल्ने भएकाले संरक्षण आवश्यक रहेकोमा जोड दिनुचयो । उहाँले विश्वकाट ७५ प्रतिशत र नेपालबाट ४५ प्रतिशत रैथाने जात लोप भईसकेको जानकारी दिनुभयो । समुदायले पनि बीउ संरक्षणमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

षडानन्द बीउ बैकमा रहेका रैथाने जातका बीउहरू राष्ट्रिय जीन बैंकमम पठाइने बताउनुभयो । उहाँले नगरलाई कृषि ऐन निर्माण र नियमित रूपमा कृषि संवाद कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभयो ।

नगर उपप्रमुख प्रमिला राईले लोप हुन लागेको बालीको संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो । कृषि र कृषि व्यवसायीलाई प्रवद्र्धनको काम गरिरहेको उहाँले बताउनुभयो । बीउ बैंकसँगै कृषकको उत्पादनलाई केन्द्रीत गरेर कोशेली घर सञ्चालनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । नगरले कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनुभयो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत मणिराम तामाङले बीउ बैंकले रैथाने जातको संरक्षणमा ठुलो सहयोग पुग्ने बताउनुभयो । रैथाने बीउ नै नगरको सम्पत्तिको श्रोत भएको बताउनुभयो । नगरपालिकाले भन्दा पनि कृषि सहकारी मार्फत बीउ संकलन गर्दा प्रभावकारी हुने उहाँले बताउनुभयो ।
षडानन्द नगरपालिका कृषि समितिका सभापति तथा वडा नं ९ का वडाध्यक्ष निमा शेर्पाले कन्दमुल, जडिबुटीमा धनी रहेको कार्यक्रममा नगरस्तरिय राजनीतिक दलका प्रमुख, वडाध्यक्ष, कृषि शाखा प्रमुख शिला पुन मगर, कृषक समूहका प्रतिनिधि लगायतले बीउ बैंकको सरक्षणमा जोड दिनुभयो ।

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा बीउ बैंक स्थापनाको अवसरमा नगरपालिकाले एक दिने कन्दमुल प्रदर्शनी गरेको छ । कार्यक्रममा नगर क्षेत्रका १४ वटै वडाका कृषक समूहले उत्पादन गरेका कन्दमुलहरूको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीको नगरप्रमुख सुरेन्द्रकुमार उदास, उपप्रमुख प्रमिला राई, प्रमुख प्रशासकीय अधिकृत मणिकुमार तामाङ लगायतले निरीक्षण गरेका थिए । कन्दमुलको निरीक्षण गर्दै नगर प्रमुख उदासले कन्दमुलको ब्यवसायीकरणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रदर्शनीमा वडा नं १० को पुनर्जागरण बहुउद्देश्यीय कृषक समूह प्रथम, शुभ विहानी कृषक समूह दोश्रो, वडा नं ८ को सेमेङ फलफूल तथा कृषक समूह तेश्रो र सान्त्वना वडा नं ९ को पञ्चकन्या कृषक सहकारी संस्था, वडा १३ को बोयाली बहुउद्देश्यीय कृषि तथा नर्सरी कृषक समूह र वडा नं १४ को विहिबारे फलफूल खेती कृषक समूह रहेका छन् ।
सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ, षडानन्द नगरपालिका कृषि शाखाको निर्णायक टोलीले उत्कृष्ट समूहकहरूको घोषणाा गरेको थियो । प्रदर्शनीमा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुनेहरूलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र एक–एक हजार प्रदान गरिएको छ ।

प्रदर्शनीका विजेताहरूलाई नगर उपप्रमुख प्रमिला राई, वडा नं ९ का वडाध्यक्ष तथा कृषि विकास समिति सभापति निङ्मा शेर्पा लगायतले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यसैवीच षडानन्द नगरपालिकाले चौथो राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा विभिन्न क्षेत्रका ७ जनालाई सम्मानित गरको छ ।

सम्मानित हुनेहरूमा सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ, षडानन्द नगरपालिकाका कृषि प्राविधिक अम्बिका राई, प्रदिप भण्डारी र दिपिका राई, पत्रकारहरू अन्नपूर्ण पोष्ट कोशी प्रदेश प्रमुख तथा मुलुकी खवरका सम्पादक किशोर बुढाथोकी, बीएफएम तथा अरूण खवरका सम्पादक नेत्रपी अधिकारी र पत्रकार मोहन तामाङ रहेका छन् । उनीहरूलाई नगर उपप्रमुख प्रमिला राई लगायतले सम्मानित गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।