यलम्बर हाङ स्मृति पुरस्कारबाट धरानका मेयर साम्पाङ दुई लाख २५ हजार पुरस्कार सहित सम्मानित
काठमाडौँ, १ माघ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका छन् ।
किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उनलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।


