माघे मेलाको अवसरमा पाख्रीबास–७ मुगामा गोरु जुधाई प्रतियोगिता, पर्यटन प्रवर्द्धनका लागि १० लाख बजेट

धनकुटा,१ माघ । धनकुटाको पाख्रीबास नगरपालिका–७, मुगा स्थित गजे गैरीमा माघे मेला उत्सवको अवसरमा परम्परागत गोरु जुधाई प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रगतिशील सेवा समाज पाख्रीबासको आयोजनामा तथा पाख्रीबास नगरपालिकाको सहयोगमा माघे मेला सञ्चालन गरिएको हो।

मेलाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुली सहभागी हुनुभएको थियो। कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पराजुलीले यस क्षेत्रको पर्यटन प्रवर्द्धन तथा समग्र विकासका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।

उहाँले मुगा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने र व्यक्तिगत पहलबाट समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ ,उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङ , वडा अध्यक्ष दवेन्द्र तामाङ , हरि खत्री लगायतको उपस्थिति थियो ।

गोरु जुधाई प्रतियोगितामा पाख्रीबास नगरपालिका–१०, चुङ्माङ स्थित युनिक बिकको गोरुले प्रथम स्थान हासिल गरेको छ। त्यस्तै महालक्ष्मी नगरपालिका निवासी राजकुमार दाहालको गोरुले द्वितीय तथा चुङ्माङकै रामकुमार राईको गोरुले तृतीय स्थान प्राप्त गरेका छन्।

प्रतियोगितामा विजेता गोरुधनीहरूलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको प्रगतिशील सेवा समाज पाख्रीबासका अध्यक्ष गोपाल विश्वकर्माले जानकारी दिनुभयो।

स्थानीय संस्कृति, परम्परा संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको माघे मेला तथा गोरु जुधाई कार्यक्रममा स्थानीयवासी र छिमेकी पालिकाको मेला तथा प्रतियोगिता हेर्नेको भव्य उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।