झापाको बिर्तामोडमा दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु ,श्रीमति घाइते
झापा । झापाको बिर्तामोड नगरपालिका–५ स्थित सिटी सेन्टर नजिकै आज साझ ७:५० बजे दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ ।
दुर्घटनामा श्रीमति घाइते भएकी छन्।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-४ निवासी ३२ वर्षीय खगेन्द्र मगर रहेको प्रहरीले जनाएको छ।


