झापामा सवारी दुर्घटना : मकर स्नान गर्न नपाई अस्ताए आमा-छोरी, बुबाको अवस्था गम्भीर

झापा। मकर (माघी) स्नान गर्न कनकाई माई मेला जाँदै गरेकी भद्रपुर नगरपालिका–७ बासिलाल चोक निवासी ४० वर्षीया सुस्मा राजवंशी र उनकी दुई वर्षीया छोरी आरुती राजवंशीको सवारी दुर्घटनामा परी मृत्यु भएपछि टोलवासी शोकमा डुबेको छ।

आफुद राजवंशी आफ्नी श्रीमती सुस्मा, छोरी आरुती र छोरा आशिषसहित आफन्तजनलाई लिएर मकर स्नान गर्न कनकाई माई मेला जान भनी घरबाट निस्किएका थिए। उनीहरू चिया पत्ति बोक्ने बोलेरो पिकअप भ्यान लिएर बिहीबार बिहान साढे ८ बजे घरबाट हिँडेका थिए। घरबाट निस्किएको एक घण्टामै उनीहरू सवार पिकअप भ्यान पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका ३ नयाँ बस्ती नजिकै दुर्घटनामा पर्‍यो।

बिहान साढे ९ बजेको समयमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे। १ च ४५१५ नम्बरको पिकअप भ्यान माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको यात्रुवाहक बससँग ठोकिँदा दुर्घटना भएको थियो।पिकअपमा चालकबाहेक १३ जना सवार थिए। दुर्घटनामा परेका घाइतेहरूलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याइएकोमा बालिका आरुतीलाई डक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो।

त्यसको केही समय पश्चात् बालिकाकी आमा सुस्माको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ११ जना घाइतेहरूमध्ये सुस्माकी श्रीमान् आफुदको अवस्था भने चिन्ताजनक रहेको छ।उनका छोरा १५ वर्षीय आशिषको हातमा चोट लागेकोले सोही अस्पतालमा उपचार भइरहेको छ। आफुद आफ्ना परिवार र आफन्त लिएर माघी मनाउन कनकाई माई मेला जाँदा बाटैमा दुःखद घटना घटेको भद्रपुर– ७ नम्बर वडाध्यक्ष अभिषेक ढुङ्गानाले बताए।

छोरा खतरामुक्त रहेको वडाध्यक्ष ढुंगानाले बताए। घटनाले टोलवासी शोकमा डुबेको उनको भनाई छ। यता पिकअप चालक बिर्तामोड नगरपालिका–६ निवासी ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।