देउमाई झापा समाजद्वारा बिद्यार्थीलाई कपडा वितरण
इलाम । देउमाई झापा समाजले देउमाइ नगरपालिका भित्रका बिभिन्न बिद्यालयका बिद्यार्थीलाई जाडोमा लागाउने कपडा वितरण गरेको छ ।
गत असोज १८ गतेको अविरल बर्षा सगै आएको विनाशकारी बाढी, पहिरोका जस्ता ठूलो विपत्तिका कारण धेरै विद्यार्थीहरूको घर, शैक्षिक सामग्री, पोशाक तथा विद्यालयका कागजातहरू नष्ट भएका कारण उनीहरूको पढाइमा गम्भीर असर परेको भन्दै सहयोग गरिएको हो ।
बाढी, पहिरोका कारण शैक्षिक भविष्य नै अन्योलमा पर्ने भएका कारण विद्यार्थीहरूको पढाइलाई निरन्तरता दिने उद्देश्यले हाल बेलायतमा बसोबास गर्ने भानुभक्त माबिका पुर्व बिद्यार्थी देउमाइ ३ निवासी गजेन्द्र कटुवालको सहयोगमा सामग्री बितरण गरिएको हो ।
देउमाइ झापा समाजले तोकेको समय भित्र विभिन्न बिधालयले उपलब्ध गराएको तथ्यांक बमोजिम ३८ बिद्यार्थीलाई समाग्री तथा शैक्षिक सामाग्री बितरण गरिएको देउमाई झापा समाजका अध्यक्ष मोति गौतमले जानकारी दिनु भयो ।
देउमाइ झापा समाजको तर्फबाट ५४८००/ र गजेन्द्र कटुवालको तर्फ बाट २५०००/ गरी जम्मा ७९८००/ बराबरको न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरिएको जनाइएको छ ।


