कोशी प्रदेशको बाँकी क्षेत्रमा पनि एमालेले लगायो उम्मेदवारको टुंगो

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका बाँकी क्षेत्रहरूमा पनि उम्मेदवार टुंगो लगाएको छ ।

शनिबारको सचिवालय बैठकले अधिकांश क्षेत्रको उम्मेदवारबारे निर्णय गरेको थियो । बाँकी रहेको क्षेत्रहरूमा पनि उम्मेदवार टुंगिएको प्रदेश इन्चार्ज शेरधन राईले बताए ।

पार्टी सचिव राईका अनुसार मोरङ–६ मा विनोद ढकाल र मोरङ–५ मा मनिष अग्रवालले टिकट पाएका छन् । मोरङ–३ बाट इरान राईले टिकट पाएका छन् भने ताप्लेजुङको टिकट क्षितिज थेबेलाई नै दिइएको छ ।

राईका अनुसार सुनसरी–१ बाट टीकाराम बाङदेन, सुनसरी–२ मा रेवती भण्डारी, सुनसरी–३ मा भगवती चौधरी र सुनसरी–४ मा जगदीश कुशियतले टिकट पाएका छन् ।

झापा–४ मा एलपी सावाँलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।