धरान बस दुर्घटना: मृतक ५, १२ जना घाइते (नामावली सहित)

सुनसरी । धरान–१३ जिरो प्वाईन्टमा आइतबार भएको स्कुल बस दुर्घटनामा घटनास्थलमै ५ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

भेडेटारबाट धरान आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक औषधि पसलमा ठक्कर दिँदै दुर्घटनाग्रस्त भएको हो । प्रहरी अनुसार दुर्घटनामा घटनास्थलमै मृत्यु हुनेहरूमा महोत्तरी ८ गैडाबिदपुरका स्कुल सञ्चालक ३१ वर्षीय धैरिया कुमार यादव, जनकपुर घर भएका १८ महिनाका रियव कुमार मण्डल छन् । अन्य ३ जनाको नाम खुलेको छैन ।

बसमा सवार ११ जना घाइते भएका छन् । घाइतेहरूमा धरान १३ का ४३ वर्षीय यसोदा श्रेष्ठ, जनकपुर घर भएका २३ वर्षीय लक्ष्मी मण्डल, १८ वर्षीय राजा बाबु, २४ वर्षीय रोहित मण्डल, ४० वर्षिया मनिता देवी मण्डल छन् ।

यस्तै ३८ वर्षीय जितेन्द्र मण्डल, ४० वर्षीय सुनेना देवी मण्डल, १८ वर्षीय रोहन मण्डल, २५ वर्षिया रिता मण्डल, ३८ वर्षीय जितेन्द्र मण्डल र बस चालक २५ वर्षीय मोहम्मद गुलाल रहेका छन् । १ जनाको नाम खुलेको छैन ।

घाइतेहरूको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डिएसपी भीषण बाबु राईले बताए । दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधि पसल ‘न्यु शबा मेडिकल’मा ठक्कर दिँदा पसल समेत क्षतिग्रस्त भएको छ । एक स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖