सोनाम ल्होसारले सामाजिक सद्भाव र विविधतामा एकता बलियो बनाउँछ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सोनाम ल्होसार पर्व नेपाली समाजको साझा सांस्कृतिक धरोहरका रूपमा महत्वपूर्ण रहेको बताएका छन् । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारले आपसी सद्भाव, सहअस्तित्व र सकारात्मक ऊर्जाको सन्देश प्रवाह गर्ने उनको भनाइ छ ।

सोनाम ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्व केवल तामाङ समुदायमा मात्र सीमित नभई समग्र नेपाली समाजको सांस्कृतिक पहिचानसँग जोडिएको उल्लेख गरेका छन् । प्रकृति, समयचक्र र जीवनशैलीसँग गहिरो सम्बन्ध राख्ने यस पर्वले नयाँ आशा, नयाँ संकल्प र नयाँ सुरुवातको प्रतीकका रूपमा विशेष महत्व बोकेको उनले बताए ।

मेयर कोइरालाले विराटनगरलाई बहुधार्मिक, बहुसाम्प्रदायिक तथा बहुसांस्कृतिक सहरको रूपमा उल्लेख गर्दै विभिन्न भाषा, धर्म र संस्कृतिबीचको आपसी सम्मान, सहकार्य र सामाजिक सद्भाव नै सहरको शक्ति भएको स्पष्ट पारे । विविधताभित्रको यही एकताले विराटनगरलाई समृद्ध, समावेशी र अग्रगामी सहरका रूपमा स्थापित गरेको उनको भनाइ छ ।

उनले सोनाम ल्होसारजस्ता पर्वहरूले समाजलाई अझ नजिक ल्याउने, सांस्कृतिक पहिचानको संरक्षण गर्ने र भावी पुस्तामा आपसी सम्मानको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । यस अवसरमा सबै जाति, भाषा र समुदायबीच भाइचारा, शान्ति र सद्भाव अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

मेयर कोइरालाले नयाँ वर्षले तामाङ समुदायसहित विराटनगरवासी तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन् । विविधतामा एकता कायम गर्दै समुन्नत विराटनगर निर्माणका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । सोनाम ल्होसारको अवसरमा उनले सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।