हिसान क्रिकेटमा शिक्षादिप र विराट क्याम्पस तथा फुटबलमा मर्डन एरा र अर्किड विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत हिसान क्रिकेटमा शिक्षादिप र विराट क्याम्पस तथा फुटबलमा मर्डन एरा र अर्किड कलेज विजयी भएका छन् ।

जुट मिल मैदान भएको पहिलो खेलमा शिक्षादिप कलेजले विकेभिएम कलेजलाई १ विकेटले पराजित गरि क्वाटरmिाइनलमा प्रवेश गरेको । टस जितेर ब्याटिङको गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ९९ रनको योगफल तयार पारेको थियो । विकेभिएमकालागि हार्दिक रेन्मीले सर्वाधिक १९रनको योगदान दिए । शिक्षादिपका प्लेयर अफ द म्याच रोशन राँयले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा १ सय रनको लक्ष्य पाएको शिक्षादिपले १५ दशमलव ४ बलमा १ विकेटको नोक्सानीमा सो विजयी लक्ष्य पार गर्यो । शिक्षादिपका टेकनारायण मण्डलले सर्वाधिक ३२ रनकोे योगदान दिए । विकेभिएमका सवल न्यौपाने २ विकेट लिए ।

दोस्रो खेल विराट क्याम्पस र सगरमाथा कलेज विच हुने पर्ने थियो तर सगरमाथा समयमा मैदानमा नआएपछि विराट क्याम्पसले वाक ओभरमा विजयी हुँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

फुटबल

फुटबलको पहिलो खेलमा मर्डन एराले सेन्ट जोसेफ कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयसम्ममा दुवै टिमले १–१ गोलमा बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । खैलको प्लेयर अफ द म्याच मर्डन एराका गोलकिपर दिगविजय सिंह बस्नेत भए ।

दोस्रो खेलमा अर्किड कलेजले जेभियर्स कलेजलाई ३–२ को गोल अन्तरले पारजित गरेको छ । अर्किडको जितमा प्लेयर अफ द म्याच रिकेश विश्वासले ह््याट्रिक सहित ३ गोल गरे भने जेभियरका सौरभ खत्री र अविनास मगरले १–१ गोल गरे ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।