संखुवासभामा राष्ट्रिय परिवर्तन पार्टीद्वारा घोषणा पत्र सार्वजानिक
संखुवासभा । राष्ट्रिय परिवर्तन पार्टीले आफ्नो घोषणा पत्र सार्वजानिक गर्ने उद्देश्यसहित संखुवासभामा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
राष्ट्रिय परिवर्तनको लागि उज्यालो नेपाल भन्ने नारासहित आयोजित कार्यक्रममा पार्टीका प्रत्यक्ष तथा समानुपातिक उमेदवार स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घनश्याम वालिङ राई र समानुपातिक उम्मेदवार दिनेश चन्द्र खनाल ले पार्टीको घोषणापत्र, नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए । उनीहरूले देशमा विद्यमान बेरोजगारी, युवाको विदेश पलायन, सुशासनको अभाव र आर्थिक चुनौतीहरू समाधान गर्न राष्ट्रिय परिवर्तन पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
साथै आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह बाँसुरीमा मतदान गरी अत्यधिक मतले विजयी गराउन आग्रहसमेत गरिएको थियो।-स्रोत :खांदबारी एफएम


