आदर्श माविलाई प्रथम अन्डर–१६ मेयरकप फुटबल प्रतियोगिताको उपाधि

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा भएको प्रथम अण्डर–१६ मेयर कप फुटबल प्रतियोगिताको उपाधि आदर्श माविले जितेको छ ।

आइतबार विराटनगरस्थित शहीद रंगशालामा सम्पन्न प्रतियोगितामा डनबस्को (निलगिरी) लाई ३–० गोलअन्तरले हराउँदै आदर्श माविले उपाधि चुमेको हो । उपाधिसँगै आदर्शले १ लाख २५ हजार नगदका साथ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

आदर्शका लागि एलन थापा, दिलीप यादव र आदिप्त्य ढुंगेलले १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच डनबस्कोका उदेश केसी घोषित भए । उनले नगदसहित ट्रफी हात पारे ।

त्यस्तै उपविजेतामा सीमित डनबस्कोले नगद ७५ हजारसहित ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गरेको छ । सेन्ट जोसेफ र जनता नमुना माविलाई तेस्रो पुरस्कार प्रदान गरिएको छ । दुवै विद्यालयलाई नगद ३५–३५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताको समन्वय गरेको आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले बताए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार आदर्शका एलन थापाले प्राप्त गरे । सबैभन्दा बढी गोल गर्ने खेलाडीका रुपमा डनबस्कोका प्रकाश कामत घोषित भए । उत्कृष्ट गोककिपरको पुरस्कार आदर्शका योगेश राजवंशीले हात पारे ।

कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले नगदसहित शिल्ड प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले आगामी वर्षदेखि प्रतियोगितालाई अझै भव्य बनाउने प्रतिबद्धता जनाए ।

विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता अत्यन्तै भव्य भएकोमा मेयर कोइरालाले खुसी व्यक्त गरे । कोइरालाले प्रतियोगितामा हारजित हुने भएकाले पराजित हुने खेलाडीहरुलाई हतोत्साहित नभई अर्को प्रतियोगितामा विजेता बन्ने गरी आजैदेखि तयारी गर्न आग्रह गरे ।

महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले छोटो तयारीका बीच पनि प्रतियोगिता भव्य भएको बताए ।

खेलाडीहरुको समन्वय र मेहनतका कारण आदर्शले उपाधि जित्न सफल भएको प्रशिक्षक सुमन श्रेष्ठले बताए । आदर्शको म्यानेजर शिवकुमार राईका अनुसार सोचेभन्दा खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।