सूर्यध्वाजावाहक उम्मेद्धवारलाई जिताउन धिमाल निर्वाचन परिचालन समिति गठन

उर्लाबारी । आदिवासी धिमाल जातीहरुको भेलाले आउँदो फागुन२१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा(एमाले)का सूर्यध्वाजावाहक उम्मेद्धवारहरुलाई विजय गराउन धिमाल निर्वाचन परिचालन समिति गठन गरेको छ ।

मोरङको उर्लावारी ३ स्थित मंगलवारेमा रहेको दश विघेको धिमाल जातीय विकास केन्द्रमा भएको भेलाले शनिबार लोकतान्त्रिक धिमाल संघका केन्द्रीय संचिव मणीराज धिमालको संयोजकत्वमा ३१ सदस्यीय एमालेका उम्मेद्धवारलाई जिताउन निर्वाचन परिचालन समिति गठन गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका सूर्यध्वाजाबाहक उम्मेद्धवारलाई जिताउन निर्वाचन परिचालन समितिको सहसंयोजक खड्ग बहादुर धिमाललाई चयन गरेको छ ।

झापा,मोरङ लगायतका पूर्वमा बसोवास गर्ने आदिवासी धिमाल समुदायवाट सदस्यहरुमा गिरीराज धिमाल,गजेन्द्र धिमाल,मिलन धिमाल,शान्ति धिमाल,अम्बर धिमाल,लाल बहादुर धिमाल,रोमान्स धिमाल,सरीराज धिमाल र मिना धिमाल लगायतको सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरेको लोकतान्त्रिक धिमाल संघका केन्द्रीय सचिव मणीराजले जानकारी दिए । चुनाव केन्द्रीत गतिविधिहरु पनि चाडै सुरु गरिने लोकतान्त्रिक धिमाल संघले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।