पर्साकी आयुशा बनिन् जिल्लाकै कान्छी पाइलट
पर्सा । पर्सा जिल्लाकै सबैभन्दा कान्छी पाइलट बनेर आयुषा कापरीले नेपालको उड्डयन क्षेत्रमा इतिहास रचेकी छिन्।
परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको यस क्षेत्रमा उनको यो उपलब्धि नेपाली महिलाहरूको क्षमता, आत्मविश्वास र सम्भावनाको एक बलियो प्रतीकको रूपमा उभिएको छ।
सन् २००४ जुलाई १५ पर्साको वीरगन्जमा जन्मिएकी आयुषाको बाल्यकालदेखि नै पाइलट बन्ने सपना थियो।
जुन सपना अहिले आएर पूरा भएको छ।


