पथरीको सुन्दर सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला

मोरंग । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित सुन्दर सामुदायिक वनभित्र एक अन्दाजी ५५/६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

माघ ११ गते दिउँसो करिब २ बजे पंचायत माध्यमिक विद्यालयबाट करिब ६ सय मिटर सिधा पूर्व तथा बुद्ध चोक–सेल्फी रोड पक्की सडक खण्डबाट करिब ३ सय मिटर उत्तरतर्फ पर्ने सुन्दर सामुदायिक वनको पोखरीबाट करिब २० मिटर उत्तर–पश्चिम कुनामा ती पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

हाल मृतकको शव मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा राखिएको छ । मृतकको हुलिया अनुसार उनले कालो ज्याकेट, कलेजी रंगको टाउजर, सेतो–हरियो स्विटर र कालो जुत्ता लगाएका थिए । उनको उचाइ करिब ४ फिट १० इन्च रहेको जनाइएको छ ।

मृतकको साथबाट भारत निर्वाचन आयोग (Election Commission of India) को परिचय पत्र फेला परेको छ, जसमा नाम Shiam Lal र पिता Jeet Ram उल्लेख रहेको छ । साथै भारत सरकारको आयकर विभागको परिचय पत्रमा पनि सोही नाम उल्लेख भएको र जन्म मिति सन् १९५१ जनवरी १ देखिएको प्रहरीले जनाएको छ ।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ । मृतकको पहिचान वा आफन्तजनको बारेमा जानकारी हुने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।