धनकुटामा दर्ज्यानी चिह्न सुशोभन तथा शुभकामना कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटामा दर्ज्यानी चिह्न सुशोभन तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा आयोजित समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको चलानी नं. ४९९३ मिति २०८२।१०।०९ गतेको पत्राद्वारा प्रहरी जवान पदवाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी सहायक हवल्दार तारादेवि राई,बिष्णु न्यौपने,अनिल लोहार र राजिव तामाङलाई कार्यालय प्रमुख प्रहरी उपरिक्षक शरत कुमार थापा क्षेत्रीले दर्ज्यानी चिह्न सु-शोभन गरि शुभकामना व्यक्त गर्नु भएको हो ।



