प्रतिनिधिसभा निर्वाचनबारे एमाले मोरङ–१ को छलफल सम्पन्न

उर्लाबारी । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले मोरङ निर्वाचन क्षेत्र नम्बर–१ क्षेत्रीय कमिटीको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ। उर्लाबारी–३ स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न कार्यक्रम क्षेत्रीय कमिटी संयोजक अग्नी भट्टराईको सभापतित्वमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि एमालेका पूर्व उपाध्यक्ष गुरुप्रसाद बराल रहेका थिए भने कार्यक्रम सञ्चालन क्षेत्रीय समन्वय कमिटीका सह–संयोजक सरला राईले गरेकी थिइन् ।

छलफलका विषयमा बोल्दै सभापति भट्टराईले ९ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको जानकारी दिँदै क्षेत्रीय निर्वाचन परिचालन कमिटी र विभिन्न उपसमितिहरू गठन गरिएको बताए। उनले निर्वाचनलाई प्रभावकारी बनाउन संगठनात्मक संरचना सुदृढ बनाइएको उल्लेख गरे।

मोरङ जिल्ला सचिव सोमराज थापाले मन्तव्य राख्दै सबै नेता–कार्यकर्तालाई एकजुट भएर सूर्य चुनाव चिह्नका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री एवं जिल्ला सचिवालय सदस्य उमाकान्त गौतमले जेन्जी आन्दोलनका क्रममा सेता र पहेंला गोली प्रयोग गरी हत्या गरिएको उल्लेख गर्दै उक्त घटना रहस्यमय रहेको दाबी गरे। उनले आन्दोलन बालेन साहको डिजाइनमा भएको खुलासा गर्दै दलित र महिलालाई जनप्रतिनिधि बनाउने कार्यमा एमालेले अग्रणी भूमिका खेलेको बताए। ‘आफ्नो गाउँ आफैं बनाऔँ’ अभियानका कारण हिउँददेखि बर्खासम्म जुत्ता बोक्न नपर्ने अवस्था आएको, कलेजहरू खुलेको र भएका उपलब्धिलाई जनतासमक्ष बुझाउन आवश्यक रहेको उनले बताए।

केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिन्चिङले अत्यधिक मतदानको वातावरण सिर्जना गर्न पार्टी लागिपर्ने र पार्टीको इज्जत जोगाउन प्रतिबद्ध रहेको बताए। उनले मन्त्री बन्ने सम्भावना बोकेका सादगी नेता घनश्याम खतिवडालाई विजयी गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

उम्मेदवार घनश्याम खतिवडाले तमोर नदीको पानी मोरङ ल्याउने योजनाको डिपिआर तयार भइसकेको र कार्यान्वयन हुन बाँकी रहेको जानकारी दिए। मतदाता र इमान्दारिता एमालेसँग भएकाले निर्वाचन जित्ने दाबी उनले गरे।

प्रमुख अतिथि गुरुप्रसाद बरालले आगामी निर्वाचनमा एमालेको जीत निश्चित रहेको उल्लेख गर्दै सबैले जिम्मेवारी पूरा गर्नुपर्ने बताए। कोशी प्रदेशमा एमाले पहिलो शक्ति बन्ने र आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले खासै महत्त्व नदिने उनको भनाइ थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।