नेपाली कांग्रेस मोरङ–१ सम्पर्क कार्यालय भद्रमारीमा उद्घाटन

उर्लाबारी । नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय उर्लाबारी–४ भद्रमारीमा उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमको सभापतित्व क्षेत्रीय सभापति शंकर राईले गरेका थिए भने प्रमुख अतिथि प्रदेश सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्गबहादुर फागो रहेका थिए।

कार्यक्रममा बोल्दै सभापति राईले शान्त र जिम्मेवार ढंगले अघि बढ्दै लागेका आरोपहरू चिर्दै विभिन्न समिति तथा संगठनहरू सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले आजै लेटाङमा समेत कार्यक्रम रहेको जानकारी गराए।

नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन शाक्यले सबै एकजुट भएर चुनावी अभियानमा लाग्नुपर्नेमा जोड दिए। उर्लाबारीका संस्थापक सभापति नरेश थापाले देशका लागि पार्टीले गरेको त्यागको स्मरण गर्दै युवा नेतालाई विजयी गराउन सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताए। उनले पार्टीलाई अझ सशक्त बनाउँदै अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।
महिला संघ क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि गोमा नेपालले जीत निश्चित रहेको दाबी गर्दै दुखेका मनहरू एक भएर जिम्मेवारी बहन गर्न आग्रह गरिन्।

उम्मेदवार खड्गबहादुर फागोले मोरङ निर्वाचन क्षेत्र नम्बर १ को मुहार परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।