विवादित अभिव्यक्तिप्रति स्वागत नेपालले प्रहरीसमक्ष मागे माफी

झापा । झापा–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले आफ्नो विवादित अभिव्यक्तिप्रति प्रहरीसमक्ष माफी माग्नु भएको छ।

सामाजिक सञ्जालमार्फत समाजमा हिंसालाई प्रशय दिने र भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले उहाँलाई नियन्त्रणमा लिएको थियो।

चुनावी प्रचार–प्रसारका क्रममा सामाजिक सञ्जालमा ‘जसले पृथ्वी नारायण शाहको विरोध गर्छ, त्यसको टाउको काटिन्छ, काट्नुपर्छ, म काट्न तयार हुन्छु’ भन्ने अभिव्यक्ति दिएपछि उहाँमाथि अनुसन्धान सुरु गरिएको थियो।

प्रहरीसमक्ष उपस्थित भई उक्त अभिव्यक्तिप्रति माफी माग्दै भविष्यमा यस्ता अभिव्यक्ति नदिने प्रतिबद्धता जनाउनु भएको बताइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।