झापा-५ मा बालेनले जित्नेमा सबिना काफ्ले ढुक्क, भन्छिन् – “जित्नै भनेर आएको हौँ, जितेरै छाड्छौँ”
झापा । झापा-५ मा बालेनले जित्नेमा सबिना काफ्ले ढुक्क, भन्छिन् – “जित्नै भनेर आएको हौँ, जितेरै छाड्छौँ” ।
झापा-५ परम्परागत रूपमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बलियो क्षेत्र मानिन्छ। तर सो क्षेत्रमा अहिले जित्ने योजना सहित बालेन अगाडी बढिरहेका छन्। बालेन झापा छाडेर अन्य अभियानका लागि अन्यत्र पुगेका बेला उनकी पत्नी सबिना काफ्ले चुनावी प्रचारमा खटिएकी छन्।
झापा-५ मा बालेनले जित्नेमा उनी ढुक्क छिन्। उनी भन्छिन्,”जित्नै भनेर आएको हौँ, जितेरै छाड्छौँ”

