हिसान क्रिकेटमा अर्किड र अरनिको विजयी हुँदै सेमिफाइनलमा प्रवेश

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको हिसान क्रिकेटमा विजयी हुँदै अर्किड कलेज र अरनिको कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जुट मिल मैदान भएकोे पहिलो खेलमा अर्किड कलेजले ग्रिनल्याण्ड कलेजलाई १ विकेटले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस हारेर ब्याटिङको गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरको खेलमा १७ दशमलव २ बलमा सवै विकेट गुमाई ७८ रनको झिनो योगफल तयार पारेको थियो । ग्रिनल्याण्डका महमद मोजाहिदले सर्वाधिक १९ रनको योगदान दिए । अर्किडका प्लेयर अफ म्याच नन्दु मुखियाले ३ विकेट लिँदा कृष्ण यादवले पनि ३ विकेट लिए ।

जवाफमा ७९ रनको झिना लक्ष्य पाएको अर्किडले संघर्षपूर्ण १ विकेटको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अर्किडले १३ दशमलव ४ बलमा लक्ष्य भेट्टाएको थियो । अर्किडका नन्दु यादवले सर्वाधिक २८ रनको योगदान दिए । ग्रिनल्याण्डका फैजल अन्सारीले ३ विकेट लिँदा सन्तोष मुखियाले ३ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले विराट क्याम्पसलाई १ सय ९ रनको फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको । टस जितेर ब्याटिङको गरेको अरनिको कलेजले निर्धारित २० ओभरको खेलमा १६ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५७ रनको विशाल योगफल तयार पारेको थियो ।अरनिकोका प्लेयर अफ द म्याच अविशेक मण्डलले सर्वाधिक ३३ रनको योगदान दिए । विराट क्याम्पसका हरेराम साहले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा १ सय ५७ रनको लक्ष्य पाएको विराट क्याम्पसले १५ दशमलव ३ बलमा सवै विकेट ४८ रनमा सिमित भयो । विराटका चन्द्र शर्माले सर्वाधिक १० रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा अविशेक मण्डलले २ विकेट लिए ।

हिसान फुटबलमा भानु, शिक्षा सन्देश, बुद्ध र मेरिल्याण्ड विजयी

विराटनगर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको हिसान फुटबलमा भानु कलेज, शिक्षा सन्देश कलेज, वद्ध कलेज र मेरिल्याण्ड कलेज विजयी भएका छन् ।

पहिलो खेलमा भानु कलेजले ग्रिनल्याण्ड कलेजलाई पेनाल्टीसुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुवै टिमले गोलरिहित बराबरी खेलेपछि खेलमा निणर्य पेनाल्टीसुट आउटबाट भएको हो । भानुको जितमा नायक बनेका गोलकिपर मिस्टर हसन प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा शिक्षा सन्देश कलेजले शिक्षादिप कलेजलाई २–१ को गोल अन्तरले पारजित गरि क्वाटफाइनलमा प्रवेश गरेको छ। शिक्षा सन्देशकोे जितमा प्लेयर अफ द म्याच योहान लिम्बु र रयिाज श्रेष्ठले १–१ गोल गरे ।

तेस्रो खेलमा बुद्ध कलेजले विराट क्याम्पसलाई ५–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुद्धको जितमा प्लेयर अफ द म्याच जतिनकुमार थारुले ह्याट्रिकसहित ३ गोल र अन्जिस मगरले २ गोल गरे ।

चौथो खेलमा मेरिल्याण्ड कलेजले मोडर्न एरा कलेजलाई २–१ को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मेरिल्याण्डको जितमा अविशेक कामत र निसान राईले १–१ गोल गरे भने मोडर्न एराको अमरलाल सरदारले १ गोल गरे । खेलको प्लेयर अफ द म्याच मेरिल्याण्डका सुवास राजवंशी भए ।

हिसान वास्केट बलको फाइनलमा शिक्षादिप कलेज र विकेभिएम कलेज

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको हिसान वास्केट बल खेलमा शिक्षादिप कलेज र विकेभिएम कलेज फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा शिक्षदिप कलेजले कोवास कलेजलाई ४३–११ को स्कारले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । शिक्षादिपले खेलेको ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै समुह उप–विजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो । पराजित कोबासले खेलको ३ खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । खेलको प्लेयर अफ द म्याच शिक्षादिपका प्रिन्स राउत घोषित भए ।

लिगको अन्तिम खेलमा विकेभिएम कलेजले अरिनिको कलेजलाई ४५–२५ को स्कारेले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । लगातार ३ खेलमा विजयी हुँदै समुह विजेता बन्दै विकेभिएम फाइनलमा प्रवेश गरेको हो । पराजित अरनिको ३ खेलमा १ खेलमा जित र २ खेलमा पराजित भई समुहमा तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । खेलक प्लेयर अफ द म्याच विकेभिएमका सक्षम गुप्ता घोषित भए ।

वास्केटलमा ४ वटा कलेजले मात्र सहभागि भएका कारण लिगको आधारमा खेल खेलाइएको थियो । लिगमा टम टुमा पर्नै टिम फाइनलमा प्रवेश गरेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।