मोरङ १ मा श्रम सस्कृति पार्टीको निर्वाचन परिचालन समिति गठन
मोरंग । श्रम सस्कृति पार्टीले मोरङ क्षेत्र नम्बर १ मा निर्वाचनको गतिविधिलाई अगाडी बढाउन लेटाङका ललितबहादुर लिम्बुको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
पार्टीका केन्द्रिय सदस्य तथा मोरङ क्षेत्र नम्बर १ का उम्मेदवार शान्ति पाख्रीनको उपस्थितिमा समिति गठन भएको हो ।
सह संयोजकमा चन्द्रबहादुर धिमाल (उर्लाबारी), बिष्णु सुहाङ (केराबारी), शान्ता खालिङ (मिक्लाजुङ) रहेका छन् । त्यसैगरि सचिब नारायण चाम्लिङ ( उर्लाबारी ) र सहसचिबद्वय विराज राई (लेटाङ) र अर्जुन राई ( मिक्लाजुङ) रहेका छन् ।
त्यसैगरि गाउपालिका तथा नगरपालिका अध्यक्षहरु पदेन सदस्य रहने गरि आर्थिक समिति गठन गरिएको छ । साथै केबी सुब्बा , तिलक थापा मगर , किशोर राई ,प्रेम साम्पाङ , धनपाल राई र निर्मला थापामगरको हाईकमाण्ड गठन गरिएको छ ।


