मोरङ ३ मा पैसा बांडेको भन्दै सुनिल शर्मा बिरुद्ध उजुरी
मोरंग । मोरङ ३ मा पैसा बांडेको भन्दै नेपाली काङग्रेसका उम्मेदवार सुनिल शर्मा बिरुद्ध उजुरी परेको छ ।
शर्मा बिरुद्ध रास्ट्रिय उर्जाशिल पार्टीका उम्मेदवार भुवनकुमार वाग्ले ले उजुरी गरेका हुन । शर्माले निर्वाचन आचारसहिता उल्लंघन गर्दै सोमबार सुन्दरहरैचामा यमबुद्द फाउन्डेसन लाई १० लाख रुपैया दिएको उजुरी मा उल्लेख छ ।
शर्माको बिरुद्द उजुरी परेको र सो बारेमा बुझ्ने काम भइरहेको मोरङ निर्वाचन कार्यलय क्षेत्र नम्बर ३ का अधिकृत रुद्रप्रसाद अर्यालले बेतना दैनिक लाई जानकारी दिएका छ्न ।


