प्रजातन्त्र र महिला अधिकारका लागि नोना कोइरालाको योगदान अतुलनीय : मेयर कोइराला

विराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनकी अग्रणी नेतृ नोना कोइरालाको १९औँ स्मृति दिवस विराटनगरमा विविध कार्यक्रमका साथ स्मरण गरिएको छ । विराटनगर–४ स्थित नोना कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रजातन्त्र स्थापना र महिला अधिकारको सुदृढीकरणमा कोइरालाले पु¥याएको योगदानको उच्च मूल्यांकन गरिएको हो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले निरंकुशताविरुद्धको आन्दोलनमा नोना कोइरालाले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै उनको योगदान नेपाली प्रजातान्त्रिक इतिहासमा अविस्मरणीय रहेको बताए । उनले लोकतन्त्र स्थापनाका लागि भएको संघर्षमा महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्न कोइरालाले देखाएको साहस र नेतृत्व आज पनि प्रेरणाको स्रोत बनेको उल्लेख गरे ।

‘प्रजातन्त्र केवल राजनीतिक अधिकारको विषय मात्र होइन, सामाजिक रूपान्तरणसँग पनि जोडिएको विषय हो, र यस यात्रामा नोना कोइरालाको भूमिका अग्रणी रह्यो,’ उनले भने ।

कार्यक्रममा प्रतिष्ठानका कार्यबाहक अध्यक्ष ज्योति आचार्यले नोना कोइरालालाई साहस, निष्ठा र संघर्षको पर्यायका रूपमा चित्रित गरे । उनले कठिन राजनीतिक परिस्थितिमा समेत कोइरालाले विचलित नभई प्रजातन्त्र र महिला सशक्तीकरणका पक्षमा आवाज उठाएको स्मरण गरे । आचार्यका अनुसार नोना कोइरालाको जीवन र संघर्षले नयाँ पुस्तालाई सामाजिक न्याय र समानताको पक्षमा उभिन प्रेरित गर्नेछ ।

स्मृति दिवसको अवसरमा उपस्थित व्यक्तित्वहरूले नोना कोइरालाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष महेश सोनी, नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष तथा प्रतिष्ठानका कार्यसमिति सदस्य डिकप्रसाद घिमिरे, एलिजा दाहाल, अग्रज पत्रकारसमेत रहेका उद्घोष दैनिकका प्रधानसम्पादक मोहन भण्डारी, पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलाबल्लव घिमिरे, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितलगायतले शालिकमा माल्यार्पण गरेका थिए ।

साथै उनीहरूले प्रजातान्त्रिक मूल्य–मान्यताको संरक्षण र संस्थागत विकासका लागि कोइरालाले देखाएको मार्गदर्शन आजको परिवेशमा अझ सान्दर्भिक बनेको धारणा राखे । उनीहरूले नोना कोइरालाको स्मृतिलाई केवल औपचारिक कार्यक्रममै सीमित नराखी उनका विचार र योगदानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

नोना कोइरालाको स्मृति दिवसले प्रजातन्त्र, समानता र महिला अधिकारका लागि गरिएको ऐतिहासिक संघर्षलाई पुनः स्मरण गराउँदै लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाउन सबै पक्ष सचेत र सक्रिय हुनुपर्ने सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।