झापा १ मा रास्वपाले सञ्चालन गरेको घरदैलो कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयद्वारा रोक
झापा । आगामी फागुन २१ गते हुने चुनावी कार्यक्रमअन्तर्गत झापा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको घरदैलो कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयले रोकेको छ।
बिहीबार बिहान काँकरभिट्टा क्षेत्रमा घरदैलो भइरहेको स्थानमा प्रहरी पुगेर प्रशासनको आदेश भन्दै कार्यक्रममा रोक लगाएको हो।
रास्वपाका क्षेत्रीय निर्वाचन परिचालन समितिका सदस्यहरूका अनुसार प्रहरीले जिल्ला प्रशासन कार्यालयको निर्देशनबमोजिम कार्यक्रम रोक्न भनिएको जानकारी गराएको थियो।


