धनकुटाको महालक्ष्मीमा कांग्रेसको पक्षमा जनलहर ल्याउनका लागि भेला सम्पन्न

धनकुटा । प्रतिनिधिसभा निर्वाचनमा महालक्ष्मी नगरपालिका क्षेत्रमा कांग्रेसको पक्षमा जनलहर ल्याउनका लागि भेला सम्पन्न भएको छ ।

उक्त भेलामा नेपाली कांग्रेस धनकुटाको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार दिनेश राईले महालक्ष्मी नगरपालिकालाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गरी महालक्ष्मी नगरलाई समृद्धी बनाउने वताउनु हुदै त्यसका लागी आफुलाई रुख चिन्हमा मतदान गरी विजय गराउन सवैमा अनुरोध गर्नु भयो ।

सो अवसरमा पूर्व मन्त्री सुनिल वहादुर थापा,नेपाली कांग्रेसका केन्द्रिय सदस्य अग्नी प्रसाद पौडेल, पूर्व सभापती मनोहर नारायण श्रेष्ठ लगायतले विकास र समृद्धीका लागी कांग्रेसलाई मतदान गरी विजयी गराउन आग्रह गर्नु भयो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा निर्वाचन मुल प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले निर्वाचन आचार संहिताको वारेमा र निर्वाचन परिचालन सम्वन्धि महालक्ष्मीका संयोजक तथा सहसचिव श्रीराम रायमाझीले प्रकाश पार्नु भएको थियो ।

नेपाली कांग्रेस महलक्ष्मी नगर कार्य समितिका कार्यवहाक सभापती हिक्मत भण्डारीको समापतित्वमा सम्पन्न भएको कार्यक्रममा महासमिति सदस्य सुमना तिम्सिना,क्षेत्रिय सभापती राजन पौडेल,महालक्ष्मी नगरपालिकाका मेयर ध्र्र्रुवराज राय, वडा नं. २ का सभापती भेषराज पौडेल,३ नम्वरका सभापती चिञ्जिवि कोगरेन, ४ नम्वरका सभापती तेजकुमार श्रेष्ठ,६ नम्वरका सभापती दिपक भण्डारी,७ नम्वरका सभापती नेत्र अधिकारी
लगायतले महालक्ष्मी नगरपालिकामा कांग्रेसको पक्षमा जनलहर आएकोले कांग्रेसले निर्वाचनमा विजयी हासिल गर्ने वताउनु भयो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।